हलमा तीन नेपाली चलचित्र: ‘ममी’, ‘सारंग’ र ‘जुना’ मा कुन हेर्ने?


मङ्सिर र पुषमा सेलाएको नेपाली चलचित्र बजार माघ पछि तातिने अपेक्षा धेरैले गरेका छन्। सात महिना (बैशाख देखि कार्तिक) सम्म नेपाली चलचित्र बजार गर्मायो । दुई महिना सुस्ताएको बजार अब बिस्तारै गर्माउने अपेक्षा धेरैले गरेका छन्।
चलचित्र ‘एक्टर: टेक वान’ ले अपेक्षाकृत दर्शकको साथ पाउन सकेन। स्टारको चलचित्रले दर्शक सोचेजस्तो फर्काउन सकेन। यो हप्ता तीन नेपाली चलचित्र रिलिज भएका छन्। प्रिमियर देखि बिशेष शो सम्म प्रसंसा बटुलेका तीन भिन्न जनराका चलचित्र माघ २५ गते शुक्रबारबाट रिलिज भएका हुन्। ‘ममी’, ‘जुना’ र ‘सारंग’ तीन चलचित्र रिलिज भएका छन्।

‘ममी’ साइकोलोजिकल- थ्रिलरमा हरर मिसिएको चलचित्र हो। समर निरौलाले निर्देशन गरेको चलचित्रलाई प्रियंका कार्कीको करियरको उत्कृष्ट अभिनय रहेको चलचित्र भनेर प्रतिक्रिया मिलिरहेको छ। प्रियंका कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, घनश्याम जोशीलगायतको अभिनय रहेको छ । सेन्सर बोर्डबाट ‘एडल्ट’ सर्टिफिकेट पाएको चलचित्र साइकोलोजिकल- थ्रिलर जनरा रुचाउनेका लागी आकर्षण बन्ने देखिन्छ।

नारि बेदना र पिडा मिसिएको बाल विवाह र अनमेल विवहाको कथा बोकेको चलचित्र ‘जुना: एक व्यथा’ ले बिशेष शो हरुमा दर्शक भक्कानिएर रुने देखि बेहोस हुनेसम्म भएका थिए। मल्टीप्लेक्समा आकर्षक बुकिङ्ग देखिएको चलचित्र पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ । अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, खगेन्द्र न्यौपाने, कमल बोहोरालगायतको अभिनय छ रहेको चलचित्रलाई जीवन सेञ्चुरीले निर्देशन गरेका छन्।


ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि के राई लगायतको अभिनय रहेको चलचित्र ‘सारंग’ लाई प्रशान्त तामाङ्गले निर्देशन गरेका छन्। यो चलचित्रले पारिवारिक कलहले बच्चामा पारेको असर र दुई फरक आर्थिक अवस्थाका बच्चाको मित्रताको कथा बोलेको छ। बाल कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् भने ऋचाले आफ्नो करियरको दोस्रो इनिङ्गसको रुपमा यो चलचित्रलाई लिएकी छिन्।

दर्शका लागी आफ्नो रोजाइका चलचित्र हेर्ने अवसर रहेको छ। तीन नेपाली चलचित्रले दुई महिना देखि चिसिएको व्यापारिक पाटोलाई कति तताउन सक्ने हुन् त्यो भने हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्