हरर चलचित्र ‘ममी’ लाई उत्कृष्ट प्रतिक्रिया, भोलिबाट रिलिज हुँदै


माघ २५ गते भोली शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘ममी’ को रेडकार्पेट प्रिमियर शोको आयोजना गरिएको छ । बुधबार साँझ क्यूएफएक्सको सिभिल हलमा अभिनेत्रीद्धय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर चलचित्र ‘ममी’को प्रिमियर गरिएको हो ।

चलचित्रको प्रिमियर शोमा प्रियंका र दीयासहित फिल्मका ‘कास्ट एन्ड क्रिउ’को सहभागि रहेको थियो । यस्तै, चलचित्र हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाला, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत देखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानसम्म पुगेका थिए ।

फ्यामिली हरर जनरामा निर्माण भएको यो चलचित्रम टिजर र ट्रेलर रिलिजदेखि नै चर्चामा छ ।

अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले प्रिमियर शोपछि मिडियासँग प्रतिक्रिया दिँदै विषय वस्तु अनुसार उत्कृष्ट चलचित्र बनेको बताइन् । धेरैपछि नेपालमा एउटा उत्कृष्ट फ्यामिली हरर चलचित्र हेर्न पाएकाले सुन्तुष्टी मिलेको भन्दै सवै दर्शकलाई ढुक्क भएर टिकट काटेर चलचित्र हेर्न अनुरोध गरिन् । अभिनेत्री केकी अधिकारीले पनि चलचित्र राम्रो बनेको भन्दै समर निरौला जस्ता नयाँ निर्माता तथा निर्देशकलाई नेपाली चलचित्र क्षेत्रमा स्वागत गर्नुपर्ने बताइन् ।

अभिनेता सलोन बस्नेतले पनि चलचित्र राम्रो बनेकाले सवैलाई हर्न आग्रह गरे । अभिनेता सलिनमान बनियाँले पनि चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए । आफुले नेपालमा उत्कृष्ट हरर चलचित्र हेर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । चलचित्रको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् । चलचित्रको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्