A vertical shot of the black cat in the dark darkness

काभ्रेका विद्यार्थीको मुहार खुशी ल्याउदै जल शाहकी छोरी कलस


अभिनेत्री जल शाहकी छोरी कलशले काभ्रेको चौंरी देउराली गाउँपालिकास्थित ४ विद्यालयका विद्यार्थीलाई लुगा सहित शैक्षिक, खाद्य र स्वास्थ्य सामाग्री वितरण गरेकी छन् ।

१६ वर्षीया कलशले अमेरिकामा गरेको पार्टटाइम कामबाट संकलित रकमबाट जाडोका लत्ताकपडा, सेनिटरी प्याड, हर्लिक्स सहितका सामान बाँडेकी हुन् । दुईजना विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालाको वार्षिक विद्यालय शुल्कस्वरूप जनही ३५ हजारका दरले ७० हजार रुपैयाँ प्रदान गरिन् ।

सानैदेखि समाजसेवामा रुचि राख्ने कलशले ‘शिक्षा फाउन्डेशन’ सुरु गर्दै विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेकी हुन् । सहयोग कार्यक्रममा उनले भनिन्, ‘विद्यार्थीलाई भेटेर सहयोग गर्न पाउँदा खुसी लागेको छ । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछु, मलाई सबैले आशिर्वाद र हौसला दिनुहोला ।’


अभिनेत्री शाहले पनि छोरीको समाजसेवाप्रति गर्व व्यक्त गर्दै कलशको इच्छालाई पूर्णरूपमा साथ दिने बताइन् । उनका अनुसार, आगामी दिनमा यो अभियानलाई अझ व्यापक बनाइनेछ ।

कलशद्वारा प्रदान गरिएको सहयोग सामग्री पाउँदा विद्यार्थी निकै खुसी भएका थिए । उनीहरूले गीत गाएर कार्यक्रमलाई थप रमाइलो बनाए । सञ्चारकर्मी उत्सव रसाइलीले आफ्नै जन्मगाउँमा जल शाह र उनकी छोरीको उपस्थिति रहनु गर्वको विषय भएको बताउँदै गाउँलेसँग उनीहरूको चिनाजानी समेत गराए ।

प्रतिक्रिया दिनुहोस्