A vertical shot of the black cat in the dark darkness

छोरी ‘पञ्चमी’ लाई डेव्यु गराउदै गोर्खाबाट तुलसीले सुरु गरे ‘पहाड’ छायांकन


निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको छ । विहान गोर्खा दरबारमा पुजा गरेपछि मुहुर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिएकी थिइन् ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको लेखन निर्देशक घिमिरेले नै गरेका हुन् । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दर्शकसमक्ष पुर्याउन लगिएको बताए ।

उनले भने,‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । चलचित्रको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।’ उनले आफूले राम्रो टिम पाएको र सेटमा फर्किदा छुटै उत्साह महसुस गरेको बताए । ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् । भारतमा चलचित्र , वेब सिरिज र टेलीफिल्म समेत छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् ।

उनी तीस वर्षपछि नेपाली चलचित्र छायाङ्कनका लागि नेपालमा आएका हुन् । चलचित्रको छायाङ्कन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने छ । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा विपीन कार्की, सुनिल थापा, प्रियंका कार्की लगायतका कलाकारले अभिनय गर्दैछन् । यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्