हरर फ्यामिली ड्रामा ‘ममी’ लाई एडल्ट सर्टिफिकेट
माघ २५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ममी’ सेन्सर पास भएको छ । हरर फ्यामिली ड्रामालाई मंगलबार केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले एडल्ट सर्टिफिकेट दिएको छ । अब यो चलचित्र हेर्न १६ वर्ष मुनिका दर्शकले अनिवार्य रुपमा अविभावकलाई साथ लिएर हल जानु पर्नेछ ।
सेन्सरमा चलचित्र हेरेका पदाधिकारीबाट उत्कृष्ट प्रतिक्रिया मिलेको निर्मात्री पूर्णिमा जोशीले बताइन् । नेपालमा विरलै निर्माण हुने हरर जनरा त्यसमा पनि समाजमा घट्ने विभिन्न समसामायिक घट्नालाई सुक्ष्म रुपमा उठाएको भन्दै चलचित्रको कथावस्तुको तारिफ गरेको निर्मात्री जोशीको भनाई छ । यो चलचित्रको बुधबार राजधानीमा भव्य रेडकार्पेट प्रिमियर शोको समेत आयोजना गरिएको छ ।
चलचित्रमा प्रियंका कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । चलचित्रको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
चलचित्रको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।