A vertical shot of the black cat in the dark darkness

‘माया प्रीति’ को मुख्य अभिनेत्रीमा दिव्या रायमाझी


डेव्यु देखि नै चर्चामा रहेकी अभिनेत्री दिव्या रायमाझी नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। हाल उनको डेव्यु चलचित्र ‘एक्टर : टेक वन’ हलमा प्रदर्शनरत रहेको छ। उनको दोश्रो चलचित्र पिताम्बर चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको छ। यहि बीचमा उनी नयाँ चलचित्र ‘माया प्रीति’ मा अनुबन्धित भएकी छिन्।

बुधबार चलचित्रका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले उनीसँग लिखित सम्झौता गरेका हुन् । दिव्याले ‘एक्टर : टेक वन’ मा उत्कृष्ट अभिनय गरेकाले उनलाई ‘माया प्रीति’ को लागि अफर गरिएको कार्यकारी निर्माता कार्कीले बताए ।

रोमान्टिक-कमेडी जनरामा बन्न लागेको चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ । हलिउडको टेलिभिजन स्टेसन एचबिओ र थुप्रै अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका उनको यो पहिलो निर्देशकीय चलचित्र हुनेछ । चलचित्रको कार्यकारी निरम्तामा अभिनेत्री निशा अधिकारी पनि रहेकी छिन्। वन टू थ्री स्टुडियोजको ब्यानरमा बन्न लागेको ‘माया प्रीति’को निर्माण समूहले यसअघि टिभी शो ‘प्ले इट अन’ मा काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्