A vertical shot of the black cat in the dark darkness

‘फेरी जालमा’ लाई दर्शकले रुचाए, ‘फेरी रेशम फिलिली’ लाई कति पुग्यो फाइदा?


चलचित्र ‘फेरी रेशम फिलिली’ फागुन १४ गतेबाट रिलिज हुँदैछ। करिब १० बर्ष अगाडी रिलिज भएको चलचित्र ‘रेशम फिलिली’ को सिक्वेल हो यो चलचित्र। उक्त समयमा सर्वाधिक लोकप्रिय भएको गीत हो ‘जालमा’। यो गीत अहिले पनि दर्शकको मनमा बसेको छ। चलचित्रको नाम सिक्वेल जस्तै यसको गीतको पनि नयाँ भर्सन निर्माण टिमले सार्वजनिक गरेको थियो। केहि दिन अगाडी सार्वजनिक ‘फेरी जालमा’ बोलको गीत दर्शकले रुचाएका छन् । १६ लाख बढी पटक हेरिएको चलचित्रको अडियो र भिडियोलाई पुरानै थिममा तयार पारिएको छ। यसको अब्बल पक्ष नै यहि बनेको छ।

दर्शकको मनमा गीत बस्न सफल भएको छ। यो गीत रिलिज हुबित्तिकै ट्रेन्डिङमा प्रवेश गर्यो । अहिले ट्रेडिङको उकालो यात्रामा छ र अहिले तेश्रो नम्बरमा रहेको छ। कालिप्रसाद बाँस्कोटाको संगीत र स्वरमा तयार भएको गीतमा मानस राजको शब्द र सोमिया बराइलीको फिमेल आवाज रहेको छ। दर्शकका प्रतिक्रिया हेर्दा निर्माण टिमले चलचित्र प्रमोशनका लागी तयार पारेको यो हतियार निकै फलदायी देखिएको छ ।

धेरैले ०७२ सालमा भूकम्प जाँदा ‘रेशम फिलिलि’ चलिरहेको स्मरण गरेका छन् । पुराना दिनको स्मरण र नयाँ दर्शकको संयोगले यो चलचित्र बक्स अफिसमा सफल हुने अनुमान गरिएको छ। चलचित्रमा जोडिएकी अभिनेत्री सुपुष्पा भट्टको पनि दर्शकले प्रसंसा गरिरहेका छन्। चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनले नै लेखेका हुन् ।

चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।

प्रतिक्रिया दिनुहोस्