A vertical shot of the black cat in the dark darkness

शोभित बस्नेतको नयाँ चलचित्र ‘पीआर’ को पोस्टर सार्वजनिक


शोभित बस्नेतको निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रमा रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेका छन्।

आगामी फेब्रुअरी ११ बाट छायांकनमा जाने चलचित्रको सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरु छन् । आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवरलाई खुशीको भावमा प्रस्तुत गरिएको छ । अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन् । निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा हुनेछ ।

चार सय जनाको अडिसन मध्येबाट पाँच कलाकार छनोट भएको निर्देशक बस्नेतले जानकारी दिए। चलचित्रमा कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायलको पनि अभिनय छ । चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्