A vertical shot of the black cat in the dark darkness

एलिना चौहानले दर्ता गरिन् सम्बन्ध बिच्छेदको मुद्धा


गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी छन् । २०८१ बैशाख ५ गते विष्णु सापकोटासंग एलिनाले प्रेम विवाह गरेकी थिइन्।

उनले सम्बन्धमा मनमुटाव आएको कारण सम्बन्ध बिच्छेद गर्न लागेको दायर मुद्धामा उल्लेख गरेकी छन् । उनले विवाहपछिको केहि महिना अष्ट्रेलियामा सुखद रहेको तर त्यसपछि भने सम्बन्धका खटपट सुरु भएको उल्लेख गरेकी छन्। उनले सार्वजनिक कार्यक्रममा जाँदा शंका गर्ने, आफ्नो चरित्रमाथि शंका गरेको र मानिसक रुपमा समेत कष्ट भएको कारण सम्बन्ध भावनात्मक रुपमा अगाडी बढ्न नसक्ने उल्लेख गरेकी छन्। एलिनाले बिष्णुको चल अचल कुनै पनि सम्पतिमा हकदाबि गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्