A vertical shot of the black cat in the dark darkness

डेव्यु चलचित्र रिलिजको सकसमा दिव्याको रोदन


अभिनेता दिलिप रायमाझीको नेपाली चलचित्र क्षेत्रमा अमिट छाप रहेको छ। डान्स, अभिनय र कमेडी सवै कुरामा अब्बल रहेका दिलिपले दर्जनौ हिट चलचित्र दिएका छन्। आफुलाई अब्बल साबित गरेका दिलिपकी छोरी दिव्या रायमाझी बाबुको पथ पछ्याउदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरिसकेकी छिन्। उनले दुई चलचित्रमा अभिनय गरिसकेकी छिन्। उनको डेव्यु चलचित्र ‘एक्टर: टेक वान’ हो। यो चलचित्रले रिलिजमा अप्ठ्यारो स्थिति सामना गरेको छ। कार्तिकमा रिलिज हुने भनिएको चलचित्र माघ १६ लाई सर्यो।

भव्य प्रिमियर गरिएको चलचित्र रिलिजको दिन आएर कानुनी झमेलामा पर्यो । दिव्याका लागी डेव्यु चलचित्र प्रदर्शन सकसमा पर्यो । अन्तत: सवै विवाद समाधान हुँदै चलचित्र शुक्रबार अर्थात् माघ १८ गतेबाट रिलिज भयो। चलचित्रको रिलिज जानकारी दिन गरिएको प्रेस भेटघाटमा दिव्या भावुक बनिन्। भावुक हुँदै दिव्या बोलिन् ,’ म त कति सपना, कति अपेक्षा बोकेर आएको थिएँ । रिलिजको एक दिन अगाडि चलचित्र नै रिलिज नहुने भन्ने सुन्दा दुःख लागेको थियो। ’

उनले आफु अनेक सपना बोकेर चलचित्र क्षेत्रमा आएको र टिम प्रति भएको घटनाले अत्तालिएको प्रतिक्रिया दिएकी थिइन्। दिव्याको काम दर्शकले अव हलमा हेर्न पाउने भएका छन्। यसको खुशी दिव्यामा रहेको छ। उनको दोश्रो चलचित्र पिताम्बर चैत्र २९ गतेबाट रिलिज हुँदैछ । दुवै चलचित्र दिव्या अभिनेता प्रदिप खड्कासंग जोडीको रुपमा देखिदैछिन्।

प्रतिक्रिया दिनुहोस्