सिम्रनसंग कुलब्वाईको अनौठो प्रेम
चलचित्र ‘होस्टेल ३’ मा समावेश दोश्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत, रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ । गीतको भिडीयोमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् । प्रविन सिंहले कोरियोग्राफी गरेको भिडियोमा किशोर किशोरीको प्रेमलाई झल्काईएको छ। सामाजिक संजालमा गीत रिलिज न्सगे राम्रो प्रतिक्रिया मिलिरहेको छ।
यसअघि यस चलचित्रको पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको थियो । सो गीत युट्युबमा नेपाल ट्रेन्डिङको १६ औँ स्थानमा रहेको छ भने नेपालीहरूको बसोबास रहेका अन्य केही देशहरूमा पनि ट्रेन्डिङमा रहेको छ । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ ।
पारस र सिम्रनसहित चलचित्रमा रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, र समा पराजुलीको प्रमुख अभिनय रहेको छ । यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको चलचित्रको निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।
चलचित्रमा अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेका छन्। यो चलचित्र फागुन २३ गते नेपाल र बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ ।