A vertical shot of the black cat in the dark darkness

‘जालमा’ लाई सम्झाउने ‘फेरी जालमा’, दर्शकको प्रतिक्रिया अब्बल


‘जालमा’ गीतलाई ९ बर्ष अघि रिलिज गर्दा दर्शकले उल्लेख्य प्रेम दिएका थिए। मानस राजको शब्दमा कालिप्रसाद बाँस्कोटाको संगीत र काली र सोमिया बराइलीको आवाज रहेको उक्त गीतका भिडियो, कभर भिडियो दर्शकले रुचाएका थिए र यो गीत अहिले पनि दर्शकको मनमा बसिरहेको छ।

सोहि धुन र लयमा तयार भएको नयाँ गीत ‘फेरी जालमा’ रिलिज भएको छ। चलचित्र ‘फेरी रेशम फिलिली’ मा समावेश उक्त गीतको अडियो टिम पुरानै रहेको छ। प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको भिडियोमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर गरिएको छ। बिहिबार सार्वजनिक भएको गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन्।

निरज महर्जनले निर्देशन गरेको ‘फेरी रेशम फिलिली’ ९ बर्ष अघि रिलिज भएको चलचित्र ‘रेशम फिलिली’ को दोश्रो शृंखला हो। फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रौनक विक्रम कंडेलले निर्माण गरेका छन्। चलचित्रमा विनय र सुपुष्पाका साथमा कामेश्वर चौरसिया, नीर शाह, शिशिर बाङ्देल, रविन्द्र झा, मेक्सम गौडेल, प्रकाश घिमिरे, महेश त्रिपाठी, लक्ष्मी गिरी, एवनराज उप्रेती लगायतको अभिनय छ । चलचित्रको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।

प्रतिक्रिया दिनुहोस्