विवाद मिलेपछि आजबाट प्रदर्शनमा आयो ‘एक्टर: टेक वान’
बुधबार र बिहिबारको बिदा लक्षित गरेर माघ १६ गतेबाट रिलिज योजनामा रहेको चलचित्र ‘एक्टर : टेक वान’ को रिलिज रोकियो। माघ ४ गते प्रदर्शनमा आएको चलचित्र ‘एक्टर’ सँग नाम मिलेको विषयमा विवाद उत्पन्न भएपछि काठमाडौं जिल्ला अदालतको आदेशमा चलचित्रको प्रदर्शन रोकिएको थियो। प्रदर्शन रोकिएको चलचित्रको दुवैपक्षीय सहमतिपछि आज अर्थात् शुक्रबारबाट चलचित्र प्रदर्शनमा आएको छ।

बिहिबार नै चलचित्रको पत्रकार सम्मेलन गर्दै चलचित्रको रिलिज जानकारी गराएइको थियो। चलचित्र विकास बोर्डले पनि नेपाल चलचित्र संघलाई चलचित्रको रिलिजमा सहजीकरण गरिदिनका लागि पत्र पठाएको थियो। यो संगै चलचित्र रिलिजको बोटो खुलेको थियो र मल्टीप्लेक्सले हिजो बाट नै बुकिङ्ग खोलेका थिए। तीव्र प्रचार र भव्य प्रिमियर गरेर आकर्षक माहोल बनाएको चलचित्रको रिलिज रोकिंदा निर्मातालाई ठुलो घाटा भएको थियो। अव यो घाटा बाट माथि आएर चलचित्रले कस्तो व्यापार गर्ने हो त्यो हेर्न बाँकि रहेको छ।
राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टर : टेक वान’ मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, निश्चल बस्नेत लगायतको अभिनय छ । थमन कुमार भण्डारी चलचित्रको निर्माता रहेका छन्।