A vertical shot of the black cat in the dark darkness

‘लाज शरणम्’ मा पूर्वमन्त्री आलमको झक्लो दिने सिताराम कट्टेलको लुक्स


कुमार कट्टेल ‘जिग्री’ को निर्देशनमा तयार भएको चलचित्र ‘लाज शरणम्’ ले आफ्नो प्रमोशनलाई तिब्रता दिन थालेको छ। लगातार क्यारेक्टर पोष्टर सार्वजनिक गर्दै चलचित्रको टिमले दर्शक प्रति कौतुहलता थप्दै गएको छ। दर्शकको लागी प्रतिक्षित बन्ने अनुमान गरिएको चलचित्रको टिमले नयाँ पोष्टर सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ पोष्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ।

पोष्टरमा आकर्षकको केन्द्रको रुपमा सीताराम कट्टेल (धुर्मुस) देखिएका छन्। उनी लामो समयपछि यो चलचित्र मार्फत अभिनयमा फर्कदैछन्। पोष्टरमा उनको गेटअपको चर्चा पोष्टर सार्वजनिक हुनसाथ सुरु भएको छ। कारण हो उनको लुक्स नेपाली कांग्रेसका नेता अफ्ताव आलमको झल्को दिने रहेको छ। नेताको भूमिकामा रहेका कट्टेललाई दौरा -सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ। साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले चलचित्रको गहिरो कथावस्तु झल्काएको छ। आलम विवादास्पद नेता हुन् भने भट्टीमा मान्छेलाई पोलेको र हत्या आरोपमा सजाय भोगिरहेका छन्।

‘सक्किगोनी’ टिमले निर्माण गरेको चलचित्र अधिकांश कलाकार सिरियल बाट नै रहेका छन्। अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी), विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फागुन १४ गते महाशिवरात्रिको अवसरमा चलचित्र प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्