A vertical shot of the black cat in the dark darkness

‘परान’ मा निर शाह देखि केकी अधिकारी सम्म, चलचित्र निर्माणमा ‘गोल्छा ग्रुप’


व्यावसायिक घराना गोल्छा ग्रुप चलचित्र निर्माणमा प्रवेश गरेको छ । दिपक प्रसाद आचार्य ‘काकु’ को निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘परान’ मार्फत चलचित्र निर्माणमा गोल्छ ग्रुपको प्रवेश भएको हो। यो चलचित्रको निर्मातामा शेखर गोल्छ र रञ्‍जित आचार्य रहेको छ।

बाइस्कोप सिनेमाको व्यानरमा निर्माण हुने चलचित्रमा कलाकारको लाइनअप आकर्षक बनेको छ। निर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङ्ग, यमन श्रेष्ठ, वबिन राई लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ । निर्देशक आचार्यको नै कथा चलचित्रमा रहनेछ।

हिजो राजधानीमा आयोजित एक भव्य कार्यक्रमका बीचमा बाइस्कोप सिनेमा कम्पनी र चलचित्र परानाको औपचारिक घोषणा गरिएको हो। उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका बिशिष्ठ व्यक्तित्व र व्यावसायी घरानाका मालिकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्