‘माइतीघर’ मा धिरज मगरको इन्ट्री, रोचक बन्यो कलाकारको लाइनअप
रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्र ‘माइतीघर’मा कलाकारहरुको लाइनअप रोचक भएको छ। केदार घिमिरे र प्रकाश सपुत अनुबन्धित भैसकेको चलचित्रमा धिरज मगरको इन्ट्री भएको छ । निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी संझौता भएको हो ।
धिरजको इन्ट्रीसंगै चलचित्रमा कलाकारको लाइनअप पुरा भएको निर्माण टिमले जानकारी दिएको छ। धिरजको प्रवेशसंगै तीन स्टारले चलचित्रमा एकसाथ काम गर्ने पक्का भएको हो । चलचित्रमा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् भने वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ ।
आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा गरिएको चलचित्रको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ। चलचित्रका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।