चलचित्र निर्माणमा फर्किए बाघ निर्माता छविराज ओझा, ‘मंगलम २’ बन्ने
नेपाली चलचित्र क्षेत्रमा बाघ निर्माताको रुपमा परिचित छन् , छविराज ओझा । धेरै स्टारलाई आफ्नो चलचित्र मार्फत उनले डेव्यु गराएका थिए। हिट चलचित्र मेकिङ्ग माष्टर ओझा नेपाली चलचित्र निर्माण बाट गायब भएको केहि बर्ष भएको थियो। उनै ओझा अव चलचित्र निर्माणमा फर्किएका छन्।
२०७४ सालमा निर्माण भएको चलचित्र ‘मंगलम’ को दोस्रो भाग ‘मंगलम २’ मार्फत ओझा चलचित्र निर्माणमा आएका हुन्। नवल नेपालले निर्देशन गर्ने चलचित्रमा ओझालाई निर्माताको रुपमा दिजेन्द्र शाक्यले साथ दिनेछन्।
छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको व्यानरमा ‘मंगलम २’ निर्माण हुनेछ । नवलले यसअघि यो व्यानरका दुई चलचित्र लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए । ‘मंगलम २’का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्ध गरेका छन् ।
निर्माता ओझाका अनुसार चलचित्रका कलाकार तथा प्राविधिक केही समयपछि सार्वजनिक हुनेछन् । पहिलो भागमा अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोख्रेल मुख्य भूमिकामा रहेका थिए। साम्राज्ञी राज्य लक्ष्मी शाह चलचित्रमा केमियो भुमिकामा रहेका थिइन्। शिल्पा र छविको सम्बन्ध राम्रो नरहेको कारण उनि चलचित्रमा रहने सम्भावना कम रहेको छ ।
जे हो हिट चलचित्र बनाउन माहिर र नयाँ स्टार जन्माउन सिपालु बाघ निर्माताको पुनरागमन भने नेपाली चलचित्र क्षेत्रका लागी सुखद खबर हो ।