मल्टिप्लेक्समा खुल्यो ‘केटि हराएको सुचना’ को एडभान्स बुकिङ्ग, कस्तो छ शोजको अवस्था?
यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को बुकिङ खुला भएको छ । नेपालको मल्टिप्लेक्स चेन क्यूएफएक्समा चलचित्रको लागि अग्रिम बुकिङ खुला गरिएको हो ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्मका लागि क्युएफएक्सले उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ गरी ६० शो दिएको छ । जसअनुसार उपत्यकाअन्तर्गत भक्तपुरमा ४, छायाँ सेन्टरमा ४, सिटी स्क्वायर मलमा ४, सिभिल मलमा ४, दरबार सिनेप्लेक्समा २, लबिम मलमा ४ र राइजिङ मलमा ३ शो छन् ।
उपत्यका बाहिरको हकमा विराटनगरमा ३, भाटभटेनी बुटवलमा ४, नेपालगञ्जको बागेश्वरीमा ३, नारायणगढको सिजी मलमा ४, जलमामा ३, बिर्तामोडको वान स्टपमा ४, दमौलीमा ३, इटहरीको सिनेप्लेक्समा ४, वीरगञ्जको स्काइलाइन मलमा ३ र पोखराको ट्रेड मलमा ४ शो छन् ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ । चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता रहेका छन्। दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन चलचित्रमा रहेको छ ।