ऋचा शर्माको ‘सारंग’ को टिजर कस्तो छ ?
प्रशान्त तामाङ्गको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘सारंग’ को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो टिजरमा पारिवारिक कलहले बच्चामा पर्ने मनोवैज्ञानिक असर र धनी-गरिबबीचको खाडललाई बच्चाहरुको सम्बन्ध मार्फत प्रस्तुत गरिएको छ।
![](https://i0.wp.com/mnmnepal.com/wp-content/uploads/2025/01/reecha-768x556.jpg?resize=720%2C521&quality=100&strip=all&ssl=1)
माघ २५ गतेबाट रिलिज हुने चलचित्रमा प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको छ। चलचित्रमा ऋचा शर्मा, उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की लगायतको अभिनय छ । दर्शन बुद्ध फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् भने पुष्पा लिम्बू र बिनु गुरुङ सह-निर्माता रहेका छन्।