A vertical shot of the black cat in the dark darkness

हरर चलचित्र ‘ममी’ को नयाँ पोस्टरमा प्रियंका कार्की


हरर चलचित्र ‘ममी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा अभिनेत्री प्रियंका कार्कीलाई प्रस्तुत गरिएको छ। सार्वजनिक पोष्टरमा प्रियंका निलो रंगको नाइट ड्रेसमा डर मिश्रित भावमा मुठ्ठी कसेर केही हेरिरहेकी छन् ।

उनको लुगामा सुकेको रगतको टाटा देखिन्छ । र, छेवैमा कालो बिरालो उभिएको छ । पोस्टरमा प्रियंका उभिएको पछाडि घरको भित्तामा फोटो फ्रेम पनि छ, जसमा अभिनेता सुलक्षण भारती, बाल कलाकारहरु आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ ।

समर निरौलाको निर्देशनमा तयार भएको चलचित्र माघ २५ गतेबाट रिलिज हुँदैछ। चलचित्रमा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट लगायतको पनि अभिनय रहेको छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्