‘दुःखी आत्मा’ टिजर : दोहोरो अर्थी संवादले भरिएको एडल्ट ड्रामा
चलचित्र ‘दुःखी आत्मा’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले यौन आकर्षण र दुर्बलताको कथा पेश गरेको छ। टिजरमा नै एडल्ट ड्रामा उल्लेख गरिएको चलचित्रको टिजरका डाइलग र प्रस्तुति उस्तै स्वभावका रहेका छन् ।

टिजरमा आंचल कामुक रहेकी छिन् भने दयाहाङ्गमा सम्भोगको क्रममा उत्तेजना नहुने समस्याबाट पिडित रहेका छन्। संवाद प्राय दोहोरो अर्थि प्रयोग गरिएको छ।
फागुन २ गतेबाट रिलिज हुने चलचित्रमा आंचल र दयाको साथमा अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको पनि अभिनय छ । क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा हिमाल कडरिया निर्माता र सुदिप ढकाल कार्यकारी निर्माताको रुपमा रहेका छन्।