सुमित पाठक र ममता गुरुङ्गको ‘हारे हारे’ मा साम्राज्ञी


नेपाल आइडल सिजन २ बाट चर्चामा आएका गायक हुन् , सुमित पाठक। उत्कृष्ट गायन र स्वरका कारण चर्चामा आएका सुमित गायन बजारमा प्रत्यक्ष नदेखिएको लामो समय भयो। करियरलाई गतिशील बनाउन पर्ने बेलामा हराएका सुमित नयाँ गीत लिएर बजारमा आएका छन्।

बुधबार सार्वजनिक भएको गीत ‘हारे हारे’ मा सुमितसंगै ममता गुरुङ्गको स्वर सुन्न सकिन्छ। गीतको शब्द, कम्पोज र एरेञ्ज गायक पाठक स्वंयमले गरेका हुन् ।

थाईल्याण्डमा खिचिएको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेल फिचर्ड छन् । यही टिमले यसअघि नेपालकै सार्वाधिक मंहगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो । एलए स्टुडियो इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको म्युजिक भिडियोलाई सौरभ लामाले खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्