पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्वमा रुमलिदै मिरुना मगर
भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ। यो भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको छ।
पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्व, र सामाजिक संघर्षलाई भावनात्मक रूपमा उजागर गरेको ‘सानुमाया’ म्युजिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्व र समाजभित्रको गहिराइलाई कलात्मक रूपले प्रस्तुत गर्ने प्रयास गरेको छ।
लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बालाई फिर्चड गरिएको छ । मिरुनाको पात्रले आफ्नो प्रेम र करियर बीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ।
मिरुना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो करियर र आफ्नो प्रेमबीच छनोट गर्नुपर्ने अवस्थामा छन्। विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् ।