६ महिनापछि हलमा ‘कार्साङ्ग’ लिएर आउंदै दया


हरेक महिना पर्दामामा दयाहाङ राइलाई हेर्दै आएका दर्शकले उनलाई हेर्न नपाएको झन्डै ६ महिना भैसकेको छ। लगातार चलचित्र रिलिजको प्रेसरबाट उन्मुक्ती पाएका दया लामो रेष्टपछि हलमा आउदैछन्। पौष २६ गतेबाट चलचित्र ‘कार्साङ’ रिलिज हुँदैछ। यो चलचित्रमा उनि मुख्य भूमिकामा रहेका छन्। असार २८ मा रिलिज भएको ‘घर ज्वाई’ पश्चात दर्शक भेट्न उनी हलमा आउदैछन्।

चलचित्रमा आम ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिकामा दयाहाङ देखिदैछन् । अभाव र दुःखबीच आफ्नो जातिको संस्कारलाई जोगाउने इमान्दार चरित्रमा उनी देखिनेछन् ।

टिजरले भुइँ मान्छेको कथा ‘कार्साङ’ले भन्ने र यो कथा दयाहाङ मार्फत् भनिने प्रष्ट पारेको छ । यो चलचित्रले गरिबीमा जीवन बिताइरहेका आम नेपालीको कथा भन्दा दर्शकले शेर्पा समुदायको कल्चर पनि अनुभूत गर्न पाउनेछन् । ‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो । ‘कार्साङ’को कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

चलचित्रमा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधान छायांकार र निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्