सुदुरको छाउगोठको कथा अमेरिकाबाट सुनाउदै प्रसन्न र उनको टिम
नेपालको सुदुर पश्चिम भेगमा रहेको छाउपडी प्रथा माथी विभिन्न लेख, डकुमेन्ट्री र चलचित्र बनिसकेका छन् । महिलालाई महिनावारी भएको समयमा घर बाहिर गोठ अथवा टहरोमा बसाउने चलन रहेको छ। यो अवधिमा महिला पूर्ण रुपमा अन्य कामको लागि बर्जित हुने गर्दछन्। यहि कथामा आधारित रहेको चलचित्र ‘एक गोठभित्रको आवाज’ निर्माण भएको छ। भर्चुअल रियालिटी प्रविधिमा रहेर अमेरिका स्थित ड्रेक्सल विश्वविद्यालयमा अध्ययनरत प्रशन्न सुवेदीको निर्देशनमा यो चलचित्र तयार भएको हो।
कथा संरचना
यो कथा नेपालको सुदूर पश्चिमी गाउँमा सेट गरि को छ, जहाँ १३ वर्षकी प्रिया एक गाउँकी केटी मुख्य पात्र रहेकी छिन्। प्रियाको गाउँमा उनकी मनपर्ने गायिका अलिशा खड्का आउदैछिन्। एक प्रतियोगिता हुँदैछ जसको लागी प्रियाले बेजोडको तयारी गरेकी छिन्। विजेताले काठमाडौं को प्रमुख संगीत विद्यालयमा छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउँछ। प्रिया प्रतियोगिताका लागि कडा मेहनत गर्छिन्, तर प्रतियोगिताको दुई दिनअघि प्रियालाई पहिलोपटक महिनावारी हुन्छ। त्यसपछि आउने उतारचढाव हो ,’एक गोठभित्रको आवाज’।
भर्चुअल रियालिटी माध्यमा बाट निर्देशक सुवेदी र उनको टिमले दर्शकलाई गोठ भित्र राख्न र प्रियाका भित्री आवाजहरू र द्वन्द्वहरू सुनाउने छन्। चलचित्र मे २०२३ मा सुरु भएको थियो। यस परियोजनाको निर्देशन प्रसन्न, एनिमेसनमा प्रसिन र हेमन्तले लिखित रूपमा गरेका छन् भने टेक कन्सल्टेन्टमा डन भट्ट, वीआर कन्सल्टेन्टको रूपमा उत्सव चौधरी, साउन्ड डिजाइनमा क्रिस सेल र कथामा मेधवी पण्डित छन्। यस परियोजनामा एक अमेरिकी, एक ग्रीक र एक भियतनामी विद्यार्थी पनि संलग्न रहेको प्रशानले जानकारी दिए ।
चलचित्र व्यावसायिक उद्देश्यका लागि नभई शैक्षिक सामग्रीका रूपमा वितरण गरिनेछ । विद्यालय, स्वास्थ्य सम्मेलन र फिल्म फेस्टिभलमा देखाएर महिला अधिकार र प्रजनन स्वास्थ्यबारे चेतना फैलाउने उद्देश्य रहेको निर्माण टोलीले जनाएको छ ।
टोलीले ५ महिना लगाएर ८ मिनेट लामो प्रोटोटाइप बनाएको चलचित्र १२ देखि १४ मिनेटको हुनेछ। चलचित्रमा स्थानीय भाषा, देउडा भाषा र ग्रामीण जीवनलाई समेटिनेछ।