राष्ट्रिय चलचित्र पुरस्कारमा विपिन र स्वस्तिमा उत्कृष्ट बन्दा कसले कुन पुरस्कार पाए ?


बुधबार शितल निवासमा यो बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वितरण गरेको अवार्डमा यस बर्षका लागी ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्रीको रुपमा सम्मानित भएका छन्।


यो बर्ष उत्कृष्ट चलचित्रको रुपमा ‘बुलाकी’ सम्मानित बन्यो। ‘दिमाग खराब’ बाट निश्चल बस्नेतले उत्कृष्ट निर्देशक बन्दा लेखनमा राजबहादुर साने र छायांकनमा शिव ढकालले ‘बुलाकी’ बाट अवार्ड हात पारे। ‘महाजात्रा’बाट मित्र डी गुरुङ उत्कृष्ट सम्पादक बन्दा आदिवासी मातृभाषी चलचित्र तर्फ ‘लोजिमा’ले अवार्ड प्राप्त गरेको छ।

निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘टुल्की’ बाट अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रदान गरियो। ‘जारी’ ले व्यावसायिक सफल चलचित्रको अवार्ड जित्दा विशेष चलचित्र पुरस्कार ‘सतीदेवी’, ‘सुगुप’ (लिम्बु भाषा) र ‘मार्कली’ (गुरुङ भाषा) लाई प्रदान गरियो । सबटाइटलिङको लागि २ लाख रुपैयाँ पुरस्कार तीन वटै चलचित्रले पाएका छन् । वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहलाई’ चलचित्र दीर्घ साधना सम्मान’ बाट सम्मानित गरिएको छ। उनलाई ३ लाख ७५ हजार नगद राशीसहित सम्मान गरिएको हो।
विशेष योगदान सम्मानबाट त्यैयव शाह, नारायण प्रधान, नरेन्द्र महर्जन, नन्द किशोर प्रसाद श्रीवास्तव, विद्या कार्की, बुद्धि तामाङ लगायतलाई सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्