अष्ट्रेलियामा बिहिबार रिलिज हुँदै ‘ह्रस्व दीर्घ’
नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको चलचित्र ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ । बिहीबारबाट चलचित्र अष्ट्रेलिया वाइड रिलिज हुने भएको हो । चलचित्रको अष्ट्रेलिया रिलिज युनाइटेड सिनेमाज र भिलेज सिनेमाले गर्न लागेका हुन् ।
चलचित्र अष्ट्रेलियाको सवैजसो सहरमा रिलिज हुन लागेको अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले बताइन् । नेपालमा दर्शकबाट पाएको माया सँगै चलचित्रको विदेशमा माग बढेको दाबी अभिनेत्री ढुंगानाको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका छन्। बलिउडका चर्चित छायाँकार कविरलालले चलचित्र खिचेका छन्।