भारतीय कलाकार प्रदिप रावत: ‘नेपाली कलाकार बनाइदिनुभएकोमा आभारी छु ।’


चलचित्र ह्रस्व दीर्घ’ हलमा सफलताको साथमा प्रदर्शन भैरहेको छ। चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्र ठुला स्टारकाष्ट र चर्चा बिचमा रिलिज भएको छ। २ करोडको दुई दिने कलेक्सन गर्न सफल चलचित्रका दर्शक भेट्न चलचित्रको टिम विभिन्न हलमा पुगिरहेको छ। नेपाली र भारतीय कलाकारको बाहुल्यता रहेको चलचित्रको प्रवर्धनका लागी भारतीय कलाकार प्रदीप रावतले सोमबार कमलपोखरीस्थित बिग मुभिज पुगेर दर्शकसँग भेटघाट गरेका छन्। दिउँसो २ः४५ बजेको शोमा चलचित्र हेरेका दर्शकसँग उनले हलभित्रै गएर प्रतिक्रिया लिएका थिए ।

हाउसफुल दर्शकसंग भेटघाट गर्न पुग्दा उनलाई दर्शकले हुटिङ्ग लगाएर स्वागत गरेका थिए। यो बीचमा उनी प्रशन्न भावमा देखिएका थिए । उनले दर्शकलाई चलचित्र कस्तो लाग्यो भन्दै साक्षात्कार गरेका थिए। चलचित्र बबाल रहेको भन्दै हुटिङ्ग गरेका थिए। नेपाली दर्शकले चलचित्रलाई दिएको प्रेमलाई उनले धन्यवाद दिएका थिए।


दर्शकसंग भेटघाट गरेपछि उनले संचारकर्मीसंग कुराकानी गरेका थिए। उनले निर्माताको मिहेनत र त्यागलाई पशुपतिनाथको आशिर्वाद मिलेको र राम्रो चलिरहेको प्रतिक्रिया उनले दिएका छन्। उनले आफु पहाडी भएको र नेपालीसंग आफ्नो डीएनए मिल्ने बताएका थिए। उनी भन्छन्, ‘नेपाली कलाकार बनाइदिनुभएकोमा आभारी छु । भोलिका दिनमा पनि नेपाली चलचित्र खेल्न चाहाना छ ।’

श्रीमती कल्याणी रावतको साथमा काठमाडौं आइपुगेका उनी बुधबार नेपालगन्जका दर्शक भेट्न जानेछन्। उतैबाट भारत फर्कने तालिका उनको रहेको छ। चलचित्र प्रमुख भूमिकामा रहेका प्रदिप अभिनेत्रीद्वय नीता ढुंगाना र गरिमा शर्माको बुबाको भूमिका निर्वाह गरेका छन्। २ करोड ७५ लाखको तीन दिने कलेक्सन गरेको चलचित्रको वर्ड अफ माउथ पनि सकारात्मक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्