‘पूर्णबहादुरको सारंगी’ को इतिहास: नेपालमा ३४ करोड माथीको कलेक्सन
सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ ले नेपाली चलचित्र इतिहासमा अनेक रेकर्ड बनाईसकेको छ। सर्वाधिक शो, एक दिने कलेक्सन लगायतका रेकर्ड चलचित्र केहि दिन अगाडी नै बनाईसकेको थियो । अव यो चलचित्रले ३० करोड माथीको आंकडा पार गर्दै नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाउने चलचित्र बनेको छ।
चलचित्रले ३४ करोड ३६ लाख को व्यापर नेपाली बक्स अफिसमा गरेको निर्माता विनोद पौडेलले आफ्नो सामाजिक संजालमा पोष्ट गरेका छन्। ओभरसिजमा पनि चलचित्रको व्यापार उच्च रहेको छ। ५० करोड भन्दा माथीको कलेक्सन वर्ल्डवाइड गरेको आंकडा रहेको छ। डेढ करोडको बजेटमा निर्माण भएको चलचित्र सर्वकालीन सुपर डुपर हिट बनेको छ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको निर्माण रहेको चलचित्रमा विजय बराल, प्रकाश सपुत, अञ्जना बराइली, बुद्धि तामाङ्ग, मुकुन भुषाल लगायतका कलाकारको अभिनय रहेको छ ।