ठगी आरोपमा ऋचा र शंकर विरुद्ध उजुरी


मङ्सिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तेल भिषा’ की निर्मात्री तथा कलाकार ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ ।

अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा यी दुई चलचित्रकर्मी विरुद्ध उजुरी परेको हो । प्रहरीले उजुरी कसले दिएको भन्ने बिषयमा केही पनि खुलाएको छैन । ऋचा र शंकर लामो समयबाट अमेरिका बस्दै आएका छन्। चलचित्र प्रचारप्रसारको क्रममा घिमिरे दम्पती नेपालमा नै रहेको छ। यो बिषयमा ऋचा र शंकरले आफ्नो भनाई सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्