कस्तो लाग्यो ‘कार्साङ’ को जितु नेपालको क्यारेक्ट लुक्स ?
चलचित्र ‘कार्साङ’ को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ । चलचित्रमा उनको क्यारेक्टर लुक्स देखिएको अन्य जितुका पात्र भन्दा भिन्न देखिन्छ। कमेडीमा आफुलाई अब्बल साबित गरेर चलचित्र विभिन्न क्यारेक्टर निभईरहेका जितुले यो चरित्रको लागी गरेको मिहेनत देख्न सकिन्छ।
कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएका छन् । हातमा कचौरो बोकेका छन् । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने पुष्टि हुन्छ ।
यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको ‘कार्साङ’ले विस्तारै प्रचार सुरु गरेको छ । यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कार्साङ्’ पुस २६ गते प्रदर्शन हुँदैछ ।
शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतको अभिनय छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधान छायांकार र निर्माता रहेका छन्। चलचित्रको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।