१८ करोड बढीको कमाई गर्दै ‘पूर्ण बहादुरको सारंगी’ को यस्तो रेकर्ड


बक्स अफिसमा सुस्त सुरुवात गरेको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ ले यतिबेला धमाका मच्चाईरहेको छ। तिहारका केहि दिन कमजोर व्यापार गरेको चलचित्रले समाजिक संजालको तीव्र प्रचारको बीचमा आफ्नो व्यापार रेकर्डमय बनाउदै गएको छ । दर्शकका आँखा भिजाउन सफल चलचित्र निर्माताको आँखामा भने खुशी दिएको छ ।

कार्तिक १५ गते लक्ष्मीपूजाबाट रिलिज भएको चलचित्रले विस्तारै पिकअप लिंदै ४ सय ७० बढी शो सहित प्रदर्शन भयो । यो कूल शोको लगभग ७० प्रतिशत हिस्सा हो । कुनै नेपाली चलचित्र पाएको यो शोको रेकर्ड तोड्न गार्हो हुनेछ। यहि शो र दर्शकको ओभरफ्लो का कारण चलचित्रले दोस्रो हप्ताको शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाखको व्यापार गर्न सफल भयो। यो आफैमा एकैदिनमा कमाई गरेको नेपाली चलचित्रको पहिलो रेकर्ड हो।

चलचित्रले रिलिजको १० दिनसम्म १८ करोड बराबरको व्यापार गरेको आँकडा रहेको छ। यो आँकडा निरन्तर बढ्ने पक्का रहेको छ। यो शुक्रबारसम्म चलचित्रको व्यापार यस्तै आक्रामक रहने पक्का रहेको छ। रेकर्डमय लाइफटाइम कलेक्सन गर्ने बाटोमा चलचित्र रहेको छ।

यो चलचित्रबाट विजय बरालले आफुलाई पूर्ण रुपमा स्थापित गर्न सफल भएका छन् । साइड रोलमा आफुलाई अब्बल साबित गरेका उनले लिड रोलमा पनि आफुलाई प्रमाणित गरेका छन्।

बाबु-छोराबीचको भावनात्मक सम्बन्धको कथा बोकेको चलचित्रमा विजयको साथमा प्रकाश सपुत, अञ्जना बराइली, बुद्धि तामाङ्ग, ,उकुन भुषाल लगायतका कलाकारको अभिनय रहेको छ। सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्