‘पूर्ण बहादुरको सारंगी’ को क्रेजले कार्तिक ३० बाट सर्यो ‘केटि हराएको सुचना’


कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ । चलचित्र निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अर्को नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको छ ।


नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्रमा दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रले ३२ वर्षअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए । अर्को लोकप्रिय डकुड्रामा ‘हाम्रो मुमिन’ पनि दीपेन्द्रकै निर्देशकीय सिर्जना हो ।


ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा दीपेन्द्रको निर्माण र मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता रहेका छन्। चलचित्रको कार्यकारी निर्माता नकिम उद्दिन रहेका छन्। उनी क्युएफ़एक्स का संचालक समेत हुन्।


मल्टिप्लेक्समा चलचित्र पूर्ण बहादुरको सारंगीको व्यापार आक्रामक रहेको छ। यसलाई सम्मान स्वरुप पनि चलचित्रको रिलिज मिति सारिएको बताइएको छ। चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्