प्रकाश सुवेदीलाई ज्यान मर्ने धम्की, २ करोडको सुपारी


चलचित्र पत्रकारितामा सधै पहिलो नम्बरमा आउने नाम हो , प्रकाश सुवेदी। लामो समयबाट पत्रकारितामा सक्रिय रहेका सुवेदी विवादमा पनि पर्ने गर्दछन्। उनका कार्यक्रम जति सफल रहेका छन् त्यति नै विवादास्पद पनि। तितो यथार्थ बोल्ने पत्रकारको रुपमा आफुलाई स्थापित गराएका सुवेदीले आफुलाई लगातार ज्यान मर्ने धम्कि आइरहेको बताएका छन्।

उनले आज आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा यसको खुलासा गरेका हुन्। मङ्सिर ७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘तेल भिषा’ को ट्रेलर रिलिज कार्यक्रममा उनले यो बारे बताएका छन्। उनले विभिन्न नम्बरबाट आफुलाई पटक पटक ज्यान मार्ने धम्की आएको र यसको लागी प्रहरीको मा पुगेको जनाएका छन्। हिन्दी भाषामा फोन गर्दै २ करोडको सुपारी मिलेको भन्दै पटक पटक धम्कि आएको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्