ऋषिको चलचित्रमा केदार घिमिरे मुख्य भूमिकामा


अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ। छक्का पन्जा टिम बाहिर उनले काम लगातार काम गर्न लागेको यो तेश्रो चलचित्र हो। उनले यो अगाडी चलचित्र ‘कङ्गारु’मा काम गर्ने सम्झौता गरेका थिए । यो चलचित्र हालसम्म निर्माण भएको छैन।

हाल छायांकनमा रहेको चलचित्र ‘जेरी अन टप’ मा उनले अभिनय गरिरहेका छन्। यहि बीचमा उनले नयाँ चलचित्रमा काम गर्ने सम्झौता गरेका छन्। निर्देशक ऋषि लामिछानेको निर्देशनमा तयार हुने चलचित्रका लागी उनले बिहिबार कागजी सम्झौता गरेका छन्। ८ बर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका लामिछानेको चलचित्रमा सौगात मल्ललाई पनि प्रस्ताव गरिएको छ। चलचित्रलाई मुनाल घिमिरेले निर्माण गर्दैछन्। माघ दोश्रो साताबाट छायांकनमा जाने चलचित्रको स्क्रिप्ट सामिप्यराज तिमल्सिनाले तयार पर्दैछन्।

प्रतिक्रिया दिनुहोस्