८ करोड माथिको कलेक्सन गरेको ‘पूर्णबहादुरको सारंगी’ ले रच्यो इतिहास


हलमा यतिबेला सारंगीको धुन मज्जाले गुञ्जिरहेको छ। पूर्णबहादुरले बजाएको यो सारंगीको धुनले दर्शकको मनमा यसरी छोएको छ कि सामाजिक संजालमा आँशुको धार बगिरहेका छन्। लक्ष्मीपुजाबाट प्रदर्शनमा आएको चलचित्रले सुरुवाती दिनमा ठिकठाक व्यापार गरिरहेको थियो। दुई ठुला भारतीय चलचित्रको चेपुवामा पर्ने अनुमान गरिएको थियो। तर सारंगीको धुन बिस्तारै यसरी बज्यो कि चलचित्रले किर्तिमान नै राख्न सफल भयो ।

सुरुवातको दुइ दिन हलमा टिक्न गार्हो पर्ला जस्तो देखिएको चलचित्रले कमाईको इतिहास राख्ने बाटोमा हिडेको छ। चलचित्रले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कमाएको निर्माण कम्पनी सेभेन सिजले जानकारी दिएको छ। शनिबारबाट आक्रामक व्यापारको ले पकडेको चलचित्रले ले गुमाएको छैन। यो साता पनि चलचित्रको व्यापारमा उछाल आउने पक्का रहेको छ । बिहिबारबाट देशभरमा ३ सय ८० बढी शो प्राप्त गरेको वितरकले जनाएका छन् । ८९ हलमा कुनै नेपाली चलचित्रले पाएको यो सर्वाधिक बढी शो हो। यो अगाडी बेहुली फ्रम मेघौलीले ३४० शो पाएको थियो।


शनिबार यहि रफ्तार रहेमा ‘पूर्णबहादुरको सारंगी’ ले नेपाली चलचित्र इतिहासको सर्वाधिक शो र कलेक्सन गर्ने सम्भावना उच्च रहेको छ। हलले बिहान ६ बजेबाट बेलुकी ११:४५ सम्मको शो राखेका छन्। यति हुँदा पनि दर्शकको माग हलले धन्न सकेको छैन। चलचित्रले १० करोड माथीको कलेक्सन बिहिबार नै कटाउने अनुमान गरिएको छ। यहि रफ्तारमा गएमा २० करोड माथिको कलेक्सन पक्का देखिएको छ। विजय बराल, मुकुन भुषाल, प्रकाश सपुत, बुद्धि तामङ्ग, अञ्जना बराइली लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्