वर्ड अफ माउथ र व्यापारमा अब्बल ‘पूर्ण बहादुरको सारंगी’, बलिउड चलचित्रलाई पछि पर्दै अघि बढ्दै
कार्तिक १५ गते लक्ष्मीपूजाबाट रिलिज भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ यतिबेला बक्स अफिसमा धमाका मच्चाई रहेको छ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रले तिहारको बिदामा दर्शकको बलियो साथ पायो। वर्ड अफ माउथ अब्बल रहेको चलचित्रले हलमा शोज बढाई रहेको छ। बाबु-छोराको सम्बन्धको कथामा बुनिएको चलचित्रले मार्मिक बनेको छ। गन्धर्व परिवारका विजयले आफ्ना छोरालाई डाक्टर बनाउन कुन हदसम्मको दुख गर्छ भन्ने कथाले दर्शकलाई पटकपटक रुवाएको छ।
बलिउडका दुई प्रतिक्षित चलचित्र ‘सिङ्घम अगेन’ र ‘भुल भुलैया ३’ को बीचमा रिलिज भएको चलचित्रलाई बक्स अफिस नछाडेका दुई चलचित्र ‘१२ गाउँ’ र छक्का पन्जा ५’ थ्रेट बीच चलचित्रले आफुलाई अब्बल साबित गरेको छ। झन्डै १५० को हाराहारीमा शो चलचित्रले पाएको छ।
हालसम्मको आंकडाले चलचित्रको लगानी सुरक्षित भएको अनुमान गर्न सकिन्छ । झन्डै ४ करोड माथिको अनुमानित व्यापार रहेको छ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, प्रकाश सपुत, बुद्धि तामाङ्ग, मुकुन भुषाल, अञ्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ । सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको छ ।