जापानका १४ स्थानमा एकसाथ रिलिज हुँदै ‘ह्रस्व दीर्घ’


कार्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ ले जापानमा राम्रो शो पाउने भएको छ ।
टोकियो,नारिता,नागोया, फुकुओका,ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाका लगायत जापानका विभिन्न चौधवटा शहरमा ‘ह्रस्व दीर्घ’ सोल्ड आउट भयको छ । यसको अर्थ चलचित्रले जापानमा राम्रो शो पाउने संकेत हो।

नेपाली र भारतीय कलाकारको बलियो उपस्थिति रहेको चलचित्रको टिम यतिबेला प्रचारप्रसारमा व्यस्त रहेका छन् । तिहार अगाडी बिभिन्न मिडिया र कार्यक्रममा पुगेर प्रचारमा होमिएको चलचित्र तिहार बिदा पश्चात पुन सक्रिय हुदैछ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्