बक्स अफिसमा ‘१२ गाउँ’ को रेकर्ड, के पुग्ला ३० करोडको आंकडा ?


असोज २४ गते फूलपाती बाट रिलिज भएको चलचित्र ‘१२ गाउँ’ ले रिलिजको पहिलो दिनबाट नै दर्शकको राम्रो साथ पाइरहेको छ। विराज भट्टको निर्देशनमा समिर भट्टको डेव्यु चलचित्रले बक्स अफिसमा सुनामी ल्याइरहेको छ । रिलिजको चौथो हप्तासम्म आइपुग्दा पनि दर्शकको साथ चलचित्रलाई मिलिरहेको छ। अहिले पनि चलचित्रले अधिकांश हलमा हाउसफुल व्यापार गरिरहेको छ।


देशैभर चौथो हप्ता पनि उत्कृष्ट शो पाइरहेको चलचित्रले तीन हप्तामा २३ करोड ५० लाख बराबरको कलेक्सन गरेको छ। वितरक गोविन्द शाहीले चलचित्र व्यापार नेपाली बक्स अफिसमा इतिहास भएको जनाएका छन्। कबड्डी ४ ले २२ करोड माथिको व्यापार गरेको थियो।

तिहारको अवसरमा ५ दिन नेपालमा बिदा रहेको छ । यो बिदाको फाइदा चलचित्रले उठाउने छ। दुई ठुला बलिउड चलचित्र र एक नेपाली चलचित्रको दर्शक उपस्थितीले १२ गाउँको लाइफ टाइम कलेक्सन निर्धारण गर्नेछ। यहि रफ्तारमा चलचित्रको व्यापार चल्ने हो भने ३० करोड बराबरको कमाई हुने अनुमान रहेको छ। यो नेपाली चलचित्र इतिहासमा नयाँ आयाम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्