चौतर्फी प्रसंसा बटुल्दै ‘पूर्ण बहादुरको सारंगी’, नेता देखि कलाकारसम्मलाई रुवायो
सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ लक्ष्मीपूजा बाट रिलिज भएको छ । मल्टिप्लेक्समा राम्रो शोज सहित रिलिज भएको चलचित्रले राम्रो प्रतिक्रिया बटुलिरहेको छ। दर्शक देखि समिक्षकसम्म यो चलचित्रको प्रसंशामा गरिरहेका छन्।
कार्तिक १६ गते शुक्रबार चलचित्रको बिशेष शो राखिएको थियो। दर्शकको बीचमा नेता देखि सेलिब्रेटीसम्मले चलचित्र एकसाथ हेरेका थिए। गन्धर्व परिवारमा बुबाले छोराका लागी गर्ने संघर्षको कथालाई मार्मिक ढंगले चलचित्रमा प्रस्तुत गरिएको छ । शुक्रबार चलचित्र हेर्न पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र हेरिसकेपछि अभिनेता विजय बरालको अभिनयको प्रसंसा गरे । उनले विजयको अहिलेसम्मकै उत्कृष्ट अभिनय भएको चलचित्र भनेरे प्रतिक्रिया दिएका छन् ।
https://www.facebook.com/share/v/6hqcGnAZkUvfhbvp
भट्टराई आफ्नो सामाजिक संजालमा लेख्छन् ,’नयाँ नेपाली चलचित्र ” पूर्णबहादुरको सारंगी” हेर्ने क्रममा विविध क्षेत्रका नेपाली कलाकारहरूसंग!
ऐतिहासिक रूपले नेपाली समाजमा गीतसंगीत क्षेत्रका अगुवा तर उल्टै सबभन्दा उत्पीडित र अपहेलित गन्धर्भ (‘गाइने’) परिवारको मार्मिक संघर्षको कथामा आधारित यो फिल्म सबै सहृदयी मनहरूले हेर्नैपर्छ।
पटकथा,छायांकन,संगीत,अभिनय प्रशंशायोग्य छन्। मैले बुझेसम्म मुख्य भूमिकामा रहेका विजय बरालको यो अहिलेसम्मकै उत्कृष्ट अभिनय हो।
चलचित्र हेरिसकेपछि नेता भट्टराई सामाजिक संजालमा लेख्छन्, ‘ऐतिहासिक रूपले नेपाली समाजमा गीतसंगीत क्षेत्रका अगुवा तर उल्टै सबभन्दा उत्पीडित र अपहेलित गन्धर्व (गाइने) परिवारको मार्मिक संघर्षको कथामा आधारित यो फिल्म सबै सहृदयी मनहरूले हेर्नैपर्छ । पटकथा, छायांकन, संगीत, अभिनय प्रशंशायोग्य छन् । मैले बुझेसम्म मुख्य भूमिकामा रहेका विजय बरालको यो अहिलेसम्मकै उत्कृष्ट अभिनय हो ।’
अभिनेता जितु नेपालले चलचित्रले आफूलाई रुवाएको प्रतिक्रिया दिए । हास्य कलाकार किरण केसी, निर्देशक दिनेश राउतले विजय बरालको अभिनय र चलचित्रको खुलेर प्रसंसा गरे।