सलोन बस्नेतले सुरु गरे ‘रंगी’ सुटिङ्ग


सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘रंगी’ सुटिङ सुरु भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रको मङ्गलबारबाट सुटिङ सुरु भएको हो ।


सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । चलचित्रको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ ।

सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहनेछ।

प्रतिक्रिया दिनुहोस्