‘कति रमाइलो’ भन्दै सुशिल, अरुणिमा, दिलिप देखि बर्षा विपिनसम्म संगै नाचे


चलचित्र ‘तेल भिसा’ को तेश्रो गीत रिलिज भएको छ। प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रमा समावेश ‘कति रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ। अञ्जु पन्त र आशिष अविरलको स्वरमा तयार भएको गीतमा एक नारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको छ।


अमेरिकामा खिचिएको गीतको भिडियोमा उतै रहेका कलाकारलाई पनि प्रस्तुत गरिएको छ । अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको भिडियोमा वर्षासहित विपिन कार्की, दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, पूजा चन्द, ऋचा घिमिरे, अनुराग कुँवर लगायतलाई देख्न सकिन्छ। शिशिर खातीले भिडियोको कोरियोग्राफी गरेका छन्।

शंकर घिमिरेको निर्देशनमा तयार भएको चलचित्र मङ्सिर ७ गतेबाट रिलिज हुँदैछ। बुबा र छोराको दोहोरो भूमिकामा अभिनेता विपिन कार्की देखिदैछन्। ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्