एन्जिलालाई फकाउन संजिवको मिहेनत


नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियाको सहकार्यमा ‘यो मायालाई फकाउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।


गीतमा सम्राट किरण र प्रीति घिमिरेको आवाज रहेको छ । यस गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन् ।

प्रशान्त तामाङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन् । भिडियोमा उनीहरुको नोकझोक र रमाइलो माया प्रेम देख्न सकिन्छ ।गोपाल राय डिओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्