१०० करोड क्लबमा आमा सरस्वती मुभिज


आमा सरस्वती मुभिजको ब्यानरमा दिपक दिपाको समूहले लगातार चलचित्र निर्माण गरिरहेका छन्। वडा न ६ , छ एकान छ, छक्का पन्जाका ५ वटा सिरिज शत्रु गते र छ माया छपक्कै यो ब्यानरमा निर्माण भएका छन्। ९ वटा चलचित्र निर्माण गरेको यो ब्यानर कमाईको हिसाबले १०० करोड क्लबमा प्रवेश गरेको छ। शत्रु गते महसंचारको प्रस्तुतीमा निर्माण भएको थियो भने दिपक- दिपा निर्माताको रुपमा चलचित्रमा अभिनय गरेका थिए। सोहि कारण यो चलचित्रलाई पनि आंकडामा प्रस्तुत गरिएको छ ।

केहि दिन अगाडी दिपकराज गिरिले ‘छक्का पन्जा ५’ ले १५ करोड बराबरको कमाई गरेमा यो क्लबमा प्रवेश गर्ने हिसाब बताएका थिए । रिलिजको १० दिनमा यो चलचित्रले १५ करोड ४० लाख बारबारको ग्रस कलेक्सन गरेपछि यो ब्यानर १०० करोड क्लबमा प्रवेश गरेको हो। नेपाली चलचित्रको इतिहासमा यो क्लबमा प्रवेश गर्ने पहिलो व्यानर आमा सरस्वती मुभिज बनेको छ ।

प्रतिक्रिया दिनुहोस्