बक्सअफिसमा ‘छक्का पन्जा ५’ को १५ करोड पार, बाढीपिडितलाई सहयोगको तयारी


दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का पन्जा ५’ ले १५ करोड ४० लाख बराबरको ग्रस कलेक्सन गरेको आँकडा सार्वजनिक भैसकेको छ। असोज २४ गतेबाट रिलिज भएको चलचित्रले प्रदर्शनको १० दिनमा यो आँकडा पार गरेको हो। बक्स अफिसमा सधै उछाल ल्याउने चलचित्रको यो बर्षको कमाई पनि आक्रामक देखिएको हो। १२ गाउँसंगको कडा टक्करको कारण चलचित्रको कमाई केहि कम हुने पक्का छ। तर पनि आफ्नो सिरिजको इतिहासलाई चलचित्रले जोगाइराखेको छ।


चलचित्रको टिमले बाढीपीडितका लागि सहयोग गर्ने घोषणा समेत गरेको छ। मंगलटार र दाप्चाको एरियामा चलचित्रको टिमले बढी पिडितलाई सहयोग गर्ने भएको हो। बढीले बगाएको गाउँलाई पुनर्निर्माणको लागी जुट्ने छक्का पन्जा टिमको तयारी रहेको छ। अघिल्लो पटक एम्बुलेन्स किनेर चलचित्रको टिमले छायांकन भएको स्थानमा सहयोग गरेका थिए। यो पटक पुनर्निर्माणमा टिम जुट्नेछ ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, निर्मल शर्मा, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्