सकारात्मक प्रतिक्रियासहित युट्युव ट्रेण्डीङ्गमा ‘पूर्ण बहादुरको सारङ्गी’ ट्रेलर


कात्तिक १५ गते रिलिज हुने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर केहि दिन अगाडी सार्वजनिक भएको थियो । गन्धर्व समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई प्रस्तुत गरिएको चलचित्रको ट्रेलर मर्मस्पर्शी रहेको छ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् । दर्शकले रुचाएको चलचित्रको ट्रेलर युट्युव ट्रेण्डीङ्गमा परेको छ। यतिबेला यो ट्रेलर ६ नम्बर ट्रेण्डीङ्गमा रहेको छ। सकारात्मक प्रतिक्रिया बटुलिरहेको चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्