सुपरहिट बनेका ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ को व्यापार कस्तो छ ?


असोज २४ गते फूलपाती बाट तीन नेपाली चलचित्र रिलिज भएका थिए। ठुलो चर्चा र प्रतिष्पर्धा बीच रिलिज भएका तीन चलचित्र मध्ये ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ ले व्यापारीक हिसाबले उछाल ल्याएका छन्। ठुलो शोजका साथ रिलिज भएका चलचित्रलाई मल्टिप्लेक्सले सुपरहिटको ट्याग दिईसकेका छन्। आफ्नो सिरिजकै उच्च ओपनिङ्ग गरेको छक्का पन्जा ५ र आक्रामक व्यापार गरेको १२ गाउँ दुवैले औपचारिक रुपमा आफ्नो कलेक्सन सार्वजनिक गरेको छैन। बिहीबारसम्म ‘छक्का पञ्जा ५’ले ११ करोड र ‘१२ गाउँ’ ले ७ करोड माथि व्यापार गरेको चर्चा छ।

सिंगल थिएटर र मल्टीप्लेक्स जताततै रिलिजको दिन देखि दर्शकको भीड छ। दशैं विदामा टिकट व्यवस्थापन गर्न सम्म सकस देखिएको हलमा आजको दिनसम्म पनि दर्शकको क्रेज र भीड घटेको छैन।

अहिले मल्टीप्लेक्समा १२ गाउँको शो छक्का पन्जा ५ को भन्दा बढी रहेको छ । सुरुवाती दिनमा छक्का पन्जा ५ शो मा अगाडी रहेको थियो। शो वृद्धिसंगै व्यापारमा पनि १२ गाउँ उकालो लाग्ने पक्का छन्। दुवैको कडा टक्करले नेपाली चलचित्र क्षेत्रलाई व्यप्वास्यिक हिसाबले भने फाइदा मिलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्