कस्तो छ ‘छक्का पन्जा ५’ , ‘१२ गाउँ’ र ‘ज्वाई साब’ को बिहानी अकुपेन्सी?


असोज २४ गते फूलपातीबाट तीन नेपाली चलचित्र रिलिज भएका छन्। ‘छक्का पन्जा ५’ , ‘१२ गाउँ’ र ‘ज्वाई साब’ तीन चलचित्र आजबाट रिलिज भएका हुन्।

चर्चा, प्रतीक्षामा रहेका तीन चलचित्र मध्ये छक्का पन्जा र १२ गाउँ बिहानबाट नै आक्रामक देखिएका छन्। शोज र बुकिङ्ग दुवैमा अगाडी देखिएको छक्का पन्जा ५ झन्डै ३ सय शो सहित रिलिज भएको छ। बुकिङ्गमा नै आक्रमक देखिएको चलचित्रको डुअर शेल पनि राम्रो देखिएको छ। अधिकांश शो हाउसफुल सुरुवात गरेको चलचित्रलप अकुपेन्सी हेर्दा ओपनिङ्ग आक्रामक हुने देखिएको छ।

दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा दिपकराज गिरि, केदार घिमिरे, बर्षा शिवाकोटी, निर्मल शर्मा, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।

शोजको हिसाबले दोश्रो स्थानमा रहेको चलचित्र ‘१२ गाउँ’ को पनि बुकिङ्ग र व्यापार आक्रामक नै देखिएको छ। २०० बढी शोज सहित रिलिज भएको चलचित्रको बिहानी देखि नै हाउसफुल व्यापार रहेको छ। यो चलचित्रले पनि ओपनिङ्ग राम्रो गर्ने पक्का देखिएको छ। विराज भट्टको निर्देशनमा तयार भएको चलचित्र छोरा समिर भट्टको डेव्यु र एक्सनको कारण चर्चामा रहेको छ।

जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्वाई साब’ भने दुई चलचित्रको हिसाबमा केहि कमजोर देखिएको छ। चलचित्रको बुकिङ्ग आक्रामक देखिएको छैन भए डुअर शेल पनि कमजोर देखिएको छ। बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा नीति शाह, हिमेश पन्त , बुद्धि तामाङ्ग लागयतका कलाकारको अभिनय रहेको छ। वर्ड अफ माउथमा चलचित्रको व्यापार निर्भर रहनेछ।

अघिल्लो हप्ता रिलिज भएको चलचित्र बेहुली फ्रम मेघौली प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ। पहिलो हप्ता राम्रो व्यापार गरेको चलचित्रले दोश्रो हप्ता पनि रफतार कायम गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्