कस्तो लाग्यो नाजिर र सृष्टिको ‘मिसिङ : केटी हराएको सूचना’ को पोस्टर?


कार्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ ।

चलचित्रका मुख्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई पोष्टरमा उनीहरुलाई प्रस्तुत गरिएको छ। एकअर्काको हात समातेर रेलको लिकमा हिँडिरहेको दुवैको प्रेमभाव पोस्टरले दर्शाउँछ । दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको कार्यकारी निर्माता नकिम उद्दिन हुन्।

ट्राइ सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ र सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्