शो र बुकिङ्गमा ‘छक्का पञ्जा ५’को अग्रता, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ कस्तो छ अवस्था ?


बिहिबार असोज २४ गते फूलपाती नेपाली चलचित्र क्षेत्र र दर्शकका लागी नै चासो र उत्साहको दिन रहेको छ । दशैँको अवसर पारेर तीन नेपाली चलचित्र एकसाथ रिलिज हुँदैछन्। ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ एकसाथ प्रदर्शनमा आउदैछन् । यो बर्षको सवैभन्दा ठुलो व्यावसायिक भिडन्त मानिएको बिहिबारका लागी चलचित्र हलले अग्रिम बुकिङ्ग खुल्ला गरेका छन्। तीन चलचित्रमा सर्वाधिक शो ‘छक्का पन्जा ५’ ले पाएको छ ।

चलचित्रको बुकिङ्ग पनि आक्रामक देखिदै आएको छ । क्युएफएक्स चेनले देशभर ९० भन्दा बढी शो उपलब्ध गराएको छ। यो संख्या अझै बढ्ने विस्वास छ। काठमाडौंका आईएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्स सहित उपत्यका बाहिरका मल्टीप्लेक्सले पनि चलचित्रलाई उच्च सोज बाँडेका छन् । देशभर चलचित्रले २५० देखि ३०० शो प्राप्त गर्ने आंकलन गरिएको छ। चलचित्रको प्राप्त शो र बुकिङ्ग हेर्दा चलचित्रको ओपनिङ्ग बम्पर हुने देखिएको छ ।


दोश्रो स्थानमा चलचित्र ‘१२ गाउँ’ रहेको छ । क्यूएफएक्स चेनमा ५३ शो पाएको चलचित्रलाई मल्टिप्लेक्सले पनि राम्रो शो उपलब्ध गराएका छन्। केहि शोको अग्रिम बुकिङ्ग आक्रामक बनाएको चलचित्रको सोसल मिडिया चर्चा व्यापक रहेको छ। देशभर यो चलचित्र १२०-१५० शो प्राप्त गर्ने आंकलन गरिएको छ । दशैँको समयमा पारिवारिक चलचित्र बढी चल्ने भएकाले एक्सन चलचित्रमा प्रमाणित गर्ने चूनौति यो चलचित्रलाई रहेको छ।


चलचित्र ‘ज्वाईसाब’ लाई क्यूएफएक्स चेनले कूल ४० दिएको छ । अन्य मल्टिप्लेक्सको हिसाब गर्दा चलचित्रले देशभर १०० हाराहारीमा शो पाउने आंकलन गरिएको छ ।

घटस्थापनाबाट रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को व्यापार पनि आकर्षक रहेको छ । दोश्रो हप्तामा पनि यो चलचित्रले राम्रै शोज पाउने आंकलन गर्न सकिन्छ।


यसरि हेर्दा यो फूलपाती दर्शक र चलचित्र हल दुवैका लागी व्यस्त समय हुने पक्का देखिएको छ । बाँकी चलचित्र रिलिज पछि दर्शकको प्रतिक्रियाले कुन चलचित्रको व्यापार कति पुग्ने हो र कति लामो समय चल्ने हो थाह भैहाल्नेछ ।

प्रतिक्रिया दिनुहोस्